काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ‘ग्यालेक्सी एस२३ एफई’को बुकिङ खुला गरेको छ । यो मोडल अहिलेसम्मकै उत्कृष्ट डिजाइन, एड्भान्स्ड कार्य सम्पादन, अत्याधुनिक क्यामेरा लगायत विशेषता समेटिएको बताइएको छ । मिन्ट र ग्रेफाइट गरी दुई रङमा उपलब्ध यो मोबाइल सोमवारदेखि सामसङका आधिकारिक स्टोरबाट बुकिङ शुरू भएको बताइएको छ । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपी (डब्ल्यु) र १२ एमपी (युडब्ल्यु) र ८ एमपी (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामेरा जडान गरिएको कम्पनीको भनाइ छ । ८ जीबी र्याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध यो मोबाइलको मूल्य रू. ८५ हजार ९९९ तोकिएको छ । यसमा फाइनान्सको सुविधा समेत रहेको बताइएको छ ।