काठमाडौं। मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान सञ्चालनमा ल्याएको छ । नोभेम्बर ७ देखि शुरू भएको यस अभियान अवधिमा कम्पनीले व्यतीत बीमालेखमा लिइने विलम्ब शुल्कमा छूट दिने बताएको छ । यस अभियानअन्तर्गत कम्पनीले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतीत जीवन बीमालेखमा लागू हुने विलम्ब शुल्कको शतप्रतिशत छूट दिने बताइएको छ । हालै प्रचलनमा ल्याइएको मध्यावधि वृद्धि बीमा योजनाका बीमालेख धारकका लागि यो अभियान लागू हुनेछैन । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यस अभियानले मेटलाइफका ग्राहकलाई व्यतीत बीमालेख पुनर्जागरण गरी आफ्नो र आफ्नो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्ने बताए ।