ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत सहयोग

२०८० मंसिर, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। भारतको सहयोगमा जाजरकोट भूकम्पका प्रभावितको सहयोगका लागि अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको राहत सामग्री सोमवार नेपाल आइपुगेको छ । यी राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जानकारी दिएको छ । नेपाल चिकित्सक संघको माग अनुसार भारतले यी राहत सामग्री उपलब्ध गराएको बताइएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । जाजरकोट भूकम्पका प्रभावितलाई हालसम्म भारतले ३४ टनभन्दा बढी आपत्कालीन राहत सामग्री उपलब्ध गराइसकेको बताइएको छ । छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)