ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२०८० मंसिर, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०८ पैसा र विक्री दर १३३ रुपैयाँ ६८ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०५ पैसा र विक्री दर १३३ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।

यसअघि गत कात्तिक २५ गते डलरको मूल्य उच्च विन्दुमा पुगेको थियो । कात्तिक २५ मा १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०५ पैसा र विक्री दर १३३ रुपैयाँ ६५ पैसा कायम भएको थियो।

आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ६२ पैसा र विक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ ३६ पैसा र विक्री दर १४६ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६५ पैसा र विक्री दर १८ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ५७ पैसा र विक्री दर १८ रुपैयाँ ६५ पैसा कायम भएको थियो । 

कस्तो छ अन्य मुद्राको विनिमय दर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)