काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०२ पैसा र विक्री दर १३३ रुपैयाँ ६२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०८ पैसा र विक्री दर १३३ रुपैयाँ ६८ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ०५ पैसा र विक्री दर १४५ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ ६२ पैसा र विक्री दर १४६ रुपैयाँ २७ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६० पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६५ पैसा र विक्री दर १८ रुपैयाँ ७३ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?