काठमाडौं । नेपालबाट चार महीनामा नै अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालबाट चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँको ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ३ करोड ५१ लाख रुपैयाँको ६६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा निर्यात मूल्यमा ३ हजार प्रतिशतले वृद्धि भएको हो ।
सरकारले बजेटमार्फत नगद अनुदान र विद्युत महसुल छूटको व्यवस्था गरेसँगै २०७९ असारबाट नेपालबाट सिमेन्ट निर्यात शुरु भएको हो । नेपालबाट पहिलोपटक तानसेन सिमेन्ट निर्यात भएको थियो । नेपालबाट हाल भारतमा तानसेनका साथै अर्घाखाँची, बालाजी लगायतको सिमेन्टहरू निर्यात हुँदै आएको छ ।