काठमाडौं। डाबर नेपालले जाजरकोट भूकम्पका प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. २५ लाख सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष इश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह वेदी र कम्पनीका वरिष्ठ अधिकारीहरूले हस्तान्तरण गरेका थिए । कम्पनीले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दु:ख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग कम्पनी साथमै रहेको बताइएको छ ।