काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १० पैसा र विक्री दर १३३ रुपैयाँ ७० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०६ पैसा र विक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम भएको थियो ।
आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ २५ पैसा र विक्री दर १४५ रुपैयाँ ९१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ २७ पैसा र विक्री दर १४५ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६१ पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६३ पैसा र विक्री दर १८ रुपैयाँ ७२ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?