काठमाडौं। चाइल्ड वेलफेयर नेपाल (सीडब्ल्युएन)को वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका कार्यकारी निर्देशक राजु खड्काले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । संस्थाको विधान अनुसार नै अघि बढेको बताउँदै यस वर्ष शिक्षा क्षेत्रमा करीब १ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको बताए ।
१९८ जना माध्यमिक विद्यालयमा अध्ययनरत र ३६ जना विभिन्न कलेजमा अध्ययनरत विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेको कार्यकारी निर्देशक खड्काले जानकारी दिए ।