काठमाडौं। युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘२३औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम’मा उनलाई सम्मान गरेकोे हो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री रमेश रिजाल लगायत पर्साका विशिष्ट व्यक्तिको उपस्थिति थियो । डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका थिए । सो अवसरमा उद्योगपति ताराचन्द केडियासमेत सम्मानित भएका थिए । उद्योग क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ ।