काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका–६,पाटन बजारमा आइतवारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३५१ पुगेको छ ।
ग्लोबल आइएमई बैंकको मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल छ । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको जनाएको छ ।