ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी मन्दिरको बगैंचा मर्मत गर्दै महालक्ष्मी विकास बैंक 

२०८० मंसिर, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानस्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको बगैंचा मर्मतका लागि मन्दिर व्यवस्थापन समितिसँग समझदारी गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मन्दिर परिसरको प्राकृतिक सौन्दर्य बढाउन र मन्दिरका दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति गराउन बैंकले बगैंचा मर्मत गर्न लागेको बताइएको छ । २०७७ सालमा बगैंचाको पुनःनिर्माण गरेको बैंकले त्यसयता निरन्तर मर्मत कार्य गर्दै आएको जानकारी दिएको छ ।

बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजताका लागि क्युआर कोडको व्यवस्थासमेत गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)