ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य स्थिर, युरोको बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० मंसिर, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १० पैसा र विक्री दर १३३ रुपैयाँ ७० पैसा तोकेको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १० पैसा र विक्री दर १३३ रुपैयाँ ७० पैसा कायम भएको थियो ।

आज युरोको भाउ बढेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ७६ पैसा र विक्री दर १४६ रुपैयाँ ४१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ ६२ पैसा र विक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६१ पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६२ पैसा र विक्री दर १८ रुपैयाँ ७० पैसा कायम भएको थियो । 

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)