ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो

२०८० मंसिर, १३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०४ पैसा र विक्री दर १३३ रुपैयाँ ६४ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १० पैसा र विक्री दर १३३ रुपैयाँ ७० पैसा कायम भएको थियो ।

आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४५ रुपैयाँ ७७ पैसा र विक्री दर १४६ रुपैयाँ ४३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४५ रुपैयाँ ७६ पैसा र विक्री दर १४६ रुपैयाँ ४१ पैसा थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६० पैसा र विक्री दर १८ रुपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६१ पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)