ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलको ‘लघु चलचित्र प्रतियोगिता २०२३’ का विजेतालाई सम्मान 

२०८० मंसिर, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको ‘एनसेल लघु चलचित्र प्रतियोगिता’का विजेतालाई सम्मान गरेको छ । भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेतालाई मंगलवार पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा सजिल बस्नेतको समूहले निर्माण गरेको लघु चलचित्र प्रथम बन्दै १ लाख रुपैयाँ पुरस्कार जितेको छ । त्यस्तै सन्तोष शाक्यको समूह फस्ट रनर अप र प्रयत्न थापाकोे समूह सेकेन्ड रनरअप बनेका छन् । उनीहरूले क्रमश: ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो भने प्रकाश नगरीको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले स्टोरी टेलिङ एउटा महत्त्वपूर्ण शीप भएको भन्दै यसले सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दालाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)