काठमाडौं। नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ को विक्रीलाई तीव्रता दिएको बताएको छ । कम्पनीले हालै मात्र सिन्धुलीका स्थानीय ३ जना महिला र १३ जना पुरुषलाई एकैपटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको जानकारी दिएको छ । अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीय बासिन्दाले अटो खरीद गरेका हुन् । साथै सवारीसाधनको बीमा गर्न प्रभु इन्स्योरेन्सले सहयोग गरेको बताइएको छ । विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सृजना भएको दाबी कम्पनीको छ ।
बिहीवार एक कार्यक्रमका बीच नयाँ तथा पुराना अटोसँगैै सिन्धुलीको सडकमा बजार परिक्रमा गरिएको बताइएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारीक विक्रेता खड्ग श्रेष्ठ र टिका श्रेष्ठसहित सिन्धुली शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो ।