चितवन। चितवन मेडिकल कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) सामाजिक सुरक्षा कोष (एसएसएफ)द्वारा सम्मानित भएको छ । कोषले बागमती प्रदेशमा कलेजले सामाजिक कोषअन्तर्गत रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित गरेको हो । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा कलेजका प्रोफेसर डा. सुदीप केसीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मान ग्रहण गरेका थिए ।