काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीवारका लागि अमेरिकी डलरको विनिमय दर घटाएको छ । आज एक अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ३ पैसा रहेको छ भने विक्रीदर १३३ रुपैयाँ ६३ पैसा छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ४ पैसा र विक्री दर १३३ रुपैयाँ ६४ पैसा थियो ।
आज यूरोको भाउ भने बढेको छ । आज एक युरोको खरीद दर १४५ रुपैयाँ ९९ पैसा र विक्री दर १४६ रुपैयाँ ६५ पैसा छ । अघिल्लो दिन एक युरोको खरीद दर १४५ रुपैयाँ ७७ पैसा र विक्री दर १४६ रुपैयाँ ४३ पैसा थियो ।
यस्तो छ आज अन्य मुद्राको विनिमय दर