ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ योजना

२०८० मंसिर, १५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ योजना ल्याएको छ । बिहीवारबाट शुरू भएको उक्त योजनामा कुनै पनि ब्रान्डको गाडीसँग हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडी साट्न सकिने बताइएको छ ।

यस योजनामा ग्राहकले आफ्नो गाडीको प्रचलित बजार मूल्यांकन भन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्मको ‘गो ग्रीन बोनस’ पनि प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार विभिन्न मोडलका गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको छूटका साथै गाडीको मूल्यांकन र हुन्डाई गाडीको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । 

यस योजनामा सहभागी भई हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनोट गर्न सकिने बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)