काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई नगद सहयोग गरेको हो ।
सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । प्रमुख कार्यकारी अधिकृत लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिमको आठबिसकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको छ । भूकम्पपीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीले एक दिनको तलब गरी करीब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीबाट संकलित रकममा नपुगेको रकम संस्थाले हालेर करीब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए ।