ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार शुरू 

२०८० मंसिर, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडले गत शुक्रवारबाट एकीकृत कारोबार शुरू गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोलाबहादुर विष्टले संयुक्त रूपमा उद्घाटन गर्दै एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ मा एकीकृत कारोबार सञ्चालनको अनुमति पाएको थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा नवीनतम सेवा प्रवाह गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्मिश्रणबाट सकारात्मक प्रभाव सृजना भई ग्राहकलाई प्रदान गरिने सेवा तथा सुविधा अझ सबल र सुदृढ भई नेपाली पूँजी बजारको विकासमा टेवा पुग्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)