ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

२०८० मंसिर, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनआईसी एशिया बैंकले कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण ग्राहकमा परेको असरलाई ध्यानमा राखेर बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको बताइएको छ । यो सहुलियत अगाडिदेखिका कर्जामा पनि लागू हुने बैंकले जानकारी दिएको छ, जसअनुसार बैंकको मङ्सिर महीनाको औसत आधारदर १० दशमलव ७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३ दशमलव ७ प्रतिशत कायम गरिएको छ । यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जामा लागू हुने बताइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)