काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेड स्थापनाको पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीमा रहेको संस्थाले केन्द्रीय कार्यालय र थप २१ शाखा कार्यालयमार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा कार्य क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थालाई सहयोग गरेको बताइएको छ । संस्थाले मानवसेवा आश्रम रानीवन काठमाडांैमा रहेका आश्रित ज्येष्ठ नागरिकका लागि वासिङ मेसिन सहयोग गरेको छ ।
वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम, सीतापाइला शाखामा आँखा, कान तथा घाँटीको जाँच शिविर सञ्चालन गरी नि:शुल्क औषधि तथा चस्मा वितरण गरेको बताइएको छ । संस्थाका अन्य शाखाले विभिन्न संस्थालाई न्यानो कपडा, स्टेशनरी, डस्टबिन, युरोगार्ड, कुर्सी लगायत सामग्री वितरण गरेको बताइएको छ ।