काठमाडौं । दुई दिनमा सुनको मूल्य ३ हजार २०० रुपैयाँले घटेको छ । गत सोमवार हालसम्मकै उच्च मूल्य कायम गरेको सुन मंगलवार प्रतितोला २ हजार ४०० र बुधवार प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २६ डलरमा कारोबार हुँदैछ ।