काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडले ललितपुरको महालक्ष्मीस्थानस्थित कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बिबिए संकायमा अध्ययनरत विद्यार्थीको लागि ‘लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । ‘एनएमबि सरल बचत फण्ड–इ’ का स्कीम व्यवस्थापक प्रतिल कोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रूपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए । उनीहरूले पूँजी बजारका विभिन्न पक्ष, गतिविधिबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीबाट सोधिएका विभिन्न जिज्ञासाको सम्बोधन गरेका थिए । आगामी दिनमा पनि कम्पनीले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।