काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलवार कपिलवस्तुको खगेन्द्रपुरमा रहेका गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छूटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत संस्थाका ग्राहकले समृद्धि मोबाइल बंैकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी पोलिक्लिनिक र डेरीका वस्तु तथा सेवामा छूट पाउने बताइएको छ । यो सुविधाबाट संस्थाका ग्राहक लाभान्वित हुने विश्वास संस्थाको छ । सम्झौता अनुसार पोलिक्लिनिकले नियमित ओपीडी चार्जमा शत प्रतिशत, वेड चार्ज, एक्स–रे चार्ज तथा ल्याब चार्जमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छूट दिइनेछ । त्यस्तै डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५ प्रतिशत छूट पाइने बताइएको छ ।