काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ ।
यससँगै काठमाडांै उपत्यकाभित्र बैंकका ३८ र बागमती प्रदेशमा ५२ शाखा पुगेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा पहिलो वर्षका लागि डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवा नि:शुुल्क प्राप्त गर्न सकिने बताइएको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छूट उपलब्ध रहेको बताइएको छ । यो सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
इमाडोलमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले शाखाको शुभारम्भ गरेका हुन् । अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै कमीकमजोरी नराखी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।