ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा रेडबुलको उत्पादन शुरू

२०८० मंसिर, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। खेतान समूहअन्तर्गतको सरस बेभरेजेजले नवलपुरको अमरापुरीमा थाइल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल उत्पादन शुरू गरेको छ । कम्पनीले ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । जर्मन र स्विस टेक्नोलोजीमा स्वचालित उत्पादन प्रविधि ल्याइएको कम्पनीको भनाइ छ । 

फ्याक्ट्री उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको भएको बताइएको छ । फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारका लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने कम्पनीको भनाइ छ । रेडबुल योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्याण्डको उत्पादन हो । एशियाका १५ भन्दा बढी देशका बजारमा प्रत्यक्ष रूपमा सक्रिय रहेको कम्पनीले विश्वव्यापी रूपमा पाँच हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको बताइएको छ ।

टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत योविध्याले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सृजनशील उत्पादन र सेवाका साथ बदलिँदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ नयाँ आविष्कारमार्फत विश्वलाई सधैं इनर्जी प्रदान गरिरहेको बताए । सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले आफूहरू वातावरणीय दिगोपनप्रति सधैं प्रतिबद्ध रहेको बताए । फ्याक्ट्रीको आधा उत्पादन विद्युत् र बाँकी वैकल्पिक ऊर्जाको स्रोतबाट हुने उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)