काठमाडौं। सानिमा बैंकले १९आंै वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र नक्साल, सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, ब्लड डोनर एसोशिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानीयवासी, प्रहरी र बैंकका कर्मचारीको सहभागिता थियो । बिहीवार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले रक्तदातालाई धन्यवाद ज्ञापन गरेका थिए । बंैकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको बताइएको छ ।