काठमाडौं । दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेको छ । अघिल्लो दिन २ हजार ८०० रुपैयाँले बढेको सुन शुक्रवार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५ डलरमा कारोबार हुँदैछ ।