ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कानूनका विद्यार्थीलाई प्रोबोनो प्रशिक्षण

२०८० पुस, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशरका ६ कानून क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई प्रोबोनो प्रशिक्षण दिइएको छ । शनिवार सम्पन्न उक्त प्रशिक्षण मानव अधिकारका लागि जनमञ्चले प्रदान गरेको हो । हरेक कानून व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपले कमजोर व्यक्तिलाई नि:शुल्क कानूनी सहायता प्रदान गर्नुपर्ने भएकाले प्रोबोनोलाई संसारभरि नै सकारात्मक रूपमा लिइन्छ । प्रोबोनो भनेको हरेक कानून व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितलाई स्वैच्छिक नि:शुल्क कानूनी सेवा प्रदान गर्नु हो ।

प्रशिक्षणमा काठमाडौं स्कुल अफ ल, पृथ्वीनारायण क्याम्पस, चक्रवर्ती कलेज अफ ल, काठमाडौं युनिभर्सिटी स्कुल अफ ल, नेपाल ल क्याम्पस तथा नेसनल ल कलेजमा अध्ययनरत १६ विद्यार्थी सहभागी थिए । सहभागीलाई अधिवक्ता तथा श्रम, आप्रवासन विज्ञ सोमप्रसाद लुइँटेललगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले चारबुँदे घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा प्रोबोनो प्रवर्द्धनका लागि विद्यार्थीको साझा सञ्जाल निर्माण गर्ने, प्रोबोनोसँग सम्बन्धित विभिन्न विषयहरूको अध्ययन अनुसन्धान गरी सम्बन्धित निकायसम्म पुर्‍याउने, प्रोबोनोसँग सम्बन्धित विभिन्न कार्यक्रममा आयोजक वा स्वयंसेवकको भूमिका निर्वाह गर्ने तथा प्रोबोनोसँग सम्बन्धित सामाजिक सञ्जाल अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)