जनकपुरधाम। जनकपुरधाममा आज (आइतवार) विवाह पञ्चमी महोत्सव हुँदै छ । विवाह पञ्चमीका कारण भएको चहलपहलले जनकपुरधाममा व्यापारिक गतिविधि बढाएको छ । भारत र नेपालका विभिन्न ठाउँबाट आएका धार्मिक पर्यटकका कारण यहाँको व्यापारिक गतिविधि बढेको हो । पर्यटकको आगमनले जनकपुरधामका होटल/लज र धर्मशाला भरिभराउ भएका छन् ।
विवाह पञ्चमी महोत्सवका कारण होटलमा आगन्तुक भरिभराउ रहेको स्थानीय ‘लड्डु गोपाल होटल’का सञ्चालक लालबाबु साहले बताए । यससँगै अन्य पसल व्यवसाय पनि बढेको उनले बताए । महोत्सवमा सहभागी हुन भारतबाट धार्मिक पर्यटक शुक्रवारदेखि नै आएका थिए । यस्तै नेपालमा विभिन्न जिल्लाबाट समेत धार्मिक पर्यटक जनकपुरधाम आएका छन् ।