ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चेम्बर–रुसी व्यावसायिक प्रतिनिधि मण्डल भेटवार्ता : काठमाडौं–मस्को हवाई सेवाका लागि संयुक्त पहल

२०८० पुस, १  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघका व्यावसायिक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको बताइएको छ । सो क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सीधा हवाई सेवा सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । 

उनले भने, ‘नेपाल रुसबीचको कूटनीतिक सम्बन्ध बलियो छ, सयौं नेपाली विद्यार्थी इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन्, रुसबाट पनि वार्षिक १० हजारको हाराहारीमा नेपाल घुम्न आउने गरेको सन्दर्भमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मुलुकलाई फाइदा पुग्छ ।’

नेपालको कृषि, पर्यटन, उद्योग एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बरले पहल गर्ने उनको भनाइ थियो । सो अवसरमा हवाई सम्पर्क स्थापित गर्न दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी व्यावसायिक प्रतिनिधि मण्डलका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ थियो । टोलीले नेपालमा उत्पादन हुने चिया र यसको बजारका बारेमा चासो राखेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)