काठमाडौं। लुम्बिनी विकास बैंकले काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालसँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी एवं डेबिट कार्डवाहक तथा बैंकका मोबाइल बंैकिङ प्रयोगकर्ताले अस्पतालका विभिन्न सेवाका १० देखि १५ प्रतिशतसम्म छूट पाउनेछन् । उक्त सुविधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ । सम्झौतामा अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छूटमा उपलब्ध हुने उल्लेख छ । सम्झौतापत्रमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका मेडिकल डाइरेक्टर डा. अरविन्दकुमार साहले हस्ताक्षर गरेका छन् । बैंकले सातओटै प्रदेशमा गरी ८९ शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।