ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुडइयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा

२०८० पुस, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। गुडइयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको छ । डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले गुडइयर लुब्रिकेन्टको विक्री–वितरण शुरू गरेको हो । भारतमा उत्पादित गुडइयरको विक्री आइतवार एक कार्यक्रमबीच औपचारिक रूपमा शुरुआत गरिएको हो । दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनदेखि हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब र ग्रिज उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको बताइएको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा विक्री–वितरण गर्दै आएको छ । आईएसओ ९००१:२०१५, आईएसओ १४००:२०१५ र आईएसओ ४५००:२०१८ विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको डेल्टाका निर्देशक विक्रम सिंघानियाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)