काठमाडौं। फोनपेका अध्यक्ष सशीन जोशीले पद बहाली गरेका छन् । उनले मङ्सिर २७ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिएका थिए । यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध थिए । जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तरराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित छन् । उनी दुई दशकभन्दा लामो समय नेपालका प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
जोशीले संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रूपमा विकास गर्न व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।