ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको ‘विशेष घर कर्जा’

२०८० पुस, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको ‘विशेष घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरीदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको बताइएको छ । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रूपमा कर्जा सार्न सक्ने बैंकको भनाइ छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९ दशमलव ९९ देखि १० दशमलव ९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १० दशमलव ९९ देखि ११ दशमलव ४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११ दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा कर्जा लिन पाउनेछन् । बैंकले कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेश गरेको ३ कार्य दिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्ने बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)