काठमाडौं। लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओहरू)को छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रहेका उनी संघको कार्यवाहक अध्यक्ष थिए । शुक्रवार सम्पन्न संघको १७औं वार्षिक साधारणसभाले यादवकोे अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका रामहरि दाहाल, महासचिवमा जीवन विकास लघुवित्तका सञ्जय मण्डल, सचिवमा महुली लघुवित्तका गंगाधर पाण्डे र कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य चयन भएका छन् । यसैगरी सदस्यहरूमा आरम्भ चौतारीका शिव ज्ञवाली, धौलागिरिका सुरेश बम, आत्मनिर्भरका सौगात चौधरी, ग्रामीण विकासका श्याम कटुवाल, उपकारका शारदा खत्री र आशा लघुवित्तका बद्री दुलाल निर्वाचित भएका छन् ।