ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढमा ‘रैथाने फुड फेष्टिवल’ 

२०८० पुस, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

चितवन। चितवनको नारायणगढस्थित क्याम्पाचौरमा पुस १४ देखि ‘रैथाने फुड फेष्टिवल’ हुने भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा फेस्टिवल हुन लागेको हो । अंग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १८ गतेसम्म फेस्टिवल गर्न लागिएको आयोजकको भनाइ छ । फेस्टिवलमा ३९ स्टल रहने बताइएको छ, जसमा ३४ साधारण र ५ विशेष स्टल रहनेछन् । फेस्टिवलका लागि स्टल बुकिङ खुला गरिएको संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिए । सुस्ताएको आर्थिक मन्दीलाई केही चलायमान बनाउने उद्देश्यले फेष्टिवल गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क तोकिएकोे छ ।

फेस्टिवलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने संघका सचिव कृष्णकुमार महतोले जानकारी दिए । फुड फेस्टिवलको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको बताइएको छ । हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिसोर्ट रहेको फेस्टिवलमा वल्र्डलिंक कम्युनिकेशनले नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)