चितवन। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रत्ननगरको झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । मैत्री समाज नेपालसँगको सहकार्यमा ती सामग्री प्रदान गरिएको बताइएको छ । शुक्रवार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।