काठमाडौं । लक्ष्मी ग्रुपले स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा ग्रुपअन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० जना बालबालिकालाई स्टेशनरी र अन्य सामग्री उपलब्ध गराएको बताइएको छ ।
सो अवसरमा ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गरेको र जसमा १०० भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । हुण्डाईले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको बताइएको छ । त्यस्तै अर्को कम्पनी सुजल डेरीले काठमाडौंस्थित गैरीधारामा रहेको ‘होप हेरिटेज एल्डर केयर’मा दिवा खाजाको व्यवस्था गरेको बताइएको छ ।
अर्को कम्पनी सुजल फुड्सले ‘चाइल्ड प्रोटेक्सन होम’ र ‘डिजेबल्ड सर्भिस एसोसिएसन’मा आफ्ना उत्पादन सहयोग गरेको कम्पनीले जानकारी दिएको छ । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रूपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको ग्रुपले हाल कन्फेक्शनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको विक्री वितरण, होम एपलाएन्सेस लगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।