ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जस्मिन पेन्ट्सका ३० वर्ष : सामान्य लगानीमा शुरू भएको उद्योगको छलाङ, अर्बभन्दा बढी लगानी  

२०८० पुस, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । करीब ३० वर्षअगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण शुुरू हुन थालेका थिए । सोही क्रममा रंगरोगनको माग पनि विस्तारै बढ्दै थियो । 

चितवन, भरतपुरका तीन दाजुभाई गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । शुरूमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिसलगायत उत्पादन गरे पनि चित्तबुझ्दो व्यापार भएन । 

५० को दशकको शुरूमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर दाजुभाईहरूबीच रङको उद्योग शुरू गर्ने सल्लाह भयो । भरतपुरमै उद्योग स्थापना भयो । अपरेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो । समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए । जसकारण ३० वर्षदेखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स । 

उद्योगको नेतृत्व गरिरहेका छन् लक्ष्मणले । सामान्य पारिवारिक पृष्ठभूमि अनि सामान्य लगानीबाट शुरू भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ । 

अर्यालका अनुसार, मुलुकभरका करीब ६० जिल्लाका १ हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन् । अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन् । 

उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरशीप समेत गरेको छ । भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ । 

अवार्ड र सर्टिफिकेसन 

२०५१ सालबाट पेन्ट्स उत्पादन शुरू गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन् । उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ । 

यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१ः२००० सर्टिफिकेसन पाइसकेको छ । यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड-लण्डन’ र ‘नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड-२०१८’ पाइसकेको छ । साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको छ । 

दैनिक २० टनसम्म उत्पादन क्षमता 

शुरूआती समयमा दैनिक एक टनमात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ । जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ुकूल पेन्ट्सु, रोयल ग्लेज, वेदर केयर रहेका छन् भने भित्ती भित्ताका लागि होम, ट्रिम, म्याजोलिका ईमल्सन रहेका छन् ।

यस्तै अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल, डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा विक्री हुँदै आएको छ । साथै आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरी काम भइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए । 

सामाजिक उत्तरदायित्व 

उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ । साथै मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आइरहेको छ । २०७२ को भूकम्पपछि पर्यटकको लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो ।

साथै विश्वकै ठूलो ढाका टोपी निर्माण गरी सोको विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन् । वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)