ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्वमा नेपाल टेलिकमको फाइबर सेवा 

२०८० पुस, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । आइतवारदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको टेलिकमले जानकारी दिएको छ । अन्तिम प्राविधिक परीक्षणपश्चात् छिट्टै ग्राहकमा समेत सेवा उपलब्ध गराइने प्रवक्ता शोभन अधिकारीले बताए । यसका लागि रुकुमकोटमा दुईओटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट)मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको उनको भनाइ छ । यस सेवामार्फत तीव्र गतिको डेटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने बताइएको छ । यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमश: सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)