काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३ डलरमा कारोबार हुँदैछ ।