काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । \कम्पनीले आफ्नो १५ औं वार्षिकोत्सवमा विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गरेको विधाबाट बैंकलाई सम्मान गरेको हो ।
काठमाडौंमा भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो सम्मान ग्रहण गरेको बैंकले जनाएको छ ।
बैंकले भिजा नेटवर्कमा आवद्ध नेपालभरका जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।