ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच हकप्रद शेयर निष्कासन सम्झौता

२०८० पुस, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच बुधवार (आज) हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटलमार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भएपश्चात निष्कासन हुनेछ । 

युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वतमा रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि सञ्चालनमा आइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)