ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा भट्टराई

२०८० पुस, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई सर्वसम्मत चयन भएका छन् । बुधवार भरतपुरमा सम्पन्न चेम्बरको दोस्रो अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक र सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नविन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहेका छन् ।

अधिवेशनबाट संस्थाको प्रगति प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले समस्या समाधान तथा गुनासो सम्बोधनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवालाई नेपालमै उद्यम तथा रोजगारीको वातावरण बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)