काठमाडौं। नेपाली मदिरा उद्योग हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजको विस्तारित रूप ‘सिल्भर ओक’ नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ ।
हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता ब्रान्ड यसअघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचिको प्रतिनिधित्व गर्ने बताइएको छ । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्तामाझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीले एचडीएले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तरदृष्टि प्राप्त गर्नेतर्फ निरन्तर अनुसन्धानमा संलग्न भएको बताए । सिल्भर ओकले उपभोक्तालाई अलग्गै वर्गको छुट्टै स्वाद प्रदान गर्नुका साथै बजारमा आफ्नो उपस्थितिलाई उल्लेख्य रूपमा बढाएको उनको भनाइ छ । हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा बजारमा उपलब्ध छ ।