ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिलको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ एक घण्टाभित्रै ऋण

२०८० पुस, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफूलाई आवश्यक पर्दा विना कुनै झन्झट सुन धितो राखेर एक घन्टाभित्र पाउने गरीे यो ऋण योजना ल्याएको बैंकले जानकारी दिएको छ । यो ऋण योजनाअन्तर्गत १२ दशमलव ३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने बैंकको भनाइ छ ।

त्यस्तै सुनको लागि नि:शुल्क बीमाको व्यवस्था पनि गरिएको छ । बैंकले तत्कालको लागि नेपालभर ८ ओटा शाखाबाट यो सेवा दिने बताइएको छ, जुन सुविधा उपत्यकाभित्रका कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिनेछ । त्यस्तै उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)