ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खैरहनी नगरपालिकामा ‘क्युआर’ कोडमार्फत कर भुक्तानी

२०८० पुस, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। खैरहनी नगरपालिका चितवनले ‘क्युआर’ कोडमार्फत नगरपालिकामा तिर्नुपर्ने कर तिर्ने व्यवस्था लागू गरेको छ । करदातालाई प्रविधिमैत्री र सहज भुक्तानी सुविधा दिने उद्देश्यले यो प्रणालीको शुरुआत गरिएको बताइएको छ । नगरपालिकालाई बुझाउनुपर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरीवाना सेवाग्राहीले तत्काल क्युआर कोडमार्फत तिर्न सक्नेछन् ।

सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्युआर कोड स्क्यान गरी भुक्तानीपश्चात् तत्काल रसिद प्राप्त गर्न सक्ने नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले बताए । 

विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालू आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत शुरूमा ई–सेवाबाट शुरुआत थियो । भुक्तानी प्रणालीलाई सुधार गरी हाल ई–सेवासँगै खल्ती, कनेक्ट आइपीएस र डायनामिक क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गरिएको नगरप्रमुख खनियाँको भनाइ छ । नगर उपप्रमुख कविता उप्रेतीले नगरपालिकाको सेवालाई विद्युतीय शासनमैत्री बनाउँदै नागरिकले नगरपालिकाको सेवा घर–घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोगमा नगरपालिकाले कार्यसम्पादन गरिरहेको बताइन् । नगरपालिकाले यसअघि नै राजस्व रकम अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)